एमाले महासचिव पोखरेलद्वारा मतदान

एमाले महासचिव पोखरेलद्वारा मतदान

काठमाडौं एक्सप्रेस

दाङ, । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत दाङ क्षेत्र नं २ मा उम्मेदवारी दिएका एमाले महासचिव पोखरेलले सो विद्यालयको (क) मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेको मतदान अधिकृत अशोक चौधरीले जानकारी दिए

यसैगरी नेपाली कांग्रेसका तर्फबाट दाङ क्षेत्र नं ३ मा उम्मेदवारी दिएका नेता दीपक गिरीले दङ्गीशरण गाउँपालिका–४ स्थित बैवाङ आधारभूत विद्यालय मतदान केन्द्र ९क० बाट मतदान गरेको मतदान अधिकृत रमेश घिमिरेले जानकारी दिए ।

Logo