प्रतिनिधिसभा सदस्य निर्वाचन : १२ बजेसम्म मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन : १२ बजेसम्म मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत मतदान

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतदानमा मुस्ताङ जिल्लामा ४२।८४ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

मुस्ताङमा मध्याह्न १२ बजेसम्म चार हजार ८५२ मतदान भइसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । यसमा पुरुष दुई हजार ४६३ र महिला दुई हजार ३८८ र अन्य एक मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको उनले जानकारी दिए ।

जिल्लामा कूल मतदाता ११ हजार ३२८ रहेका छन् । जसमा पुरुष पाँच हजार ५५९, महिला पाँच हजार ७६८ र अन्य एकजना मतदाता रहेको आयोगले जनाएको छ । जिल्लामा अहिले पनि मतदान प्रक्रिया जारी रहेको छ ।

Logo