रास्वपा जिल्ला सदस्य रेग्मीको निधन

रास्वपा जिल्ला सदस्य रेग्मीको निधन

काठमाडौं एक्सप्रेस

सुन्दरहरैँचा, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समिति सदस्य दुर्गा रेग्मीको निधन भएको छ ।

मोरङ क्षेत्र नं २ को मतगणनास्थलमा रहेको अवस्थामा अचानक विरामी भएका रेग्मीको आज निधन भएको हो ।

उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । रेग्मीको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ ।

Logo