काठमाडौं, । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आज (आइबार) सुन प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार हुँदै छ । गत शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।



प्रतिक्रिया