प्रतितोला ६ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ६ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेपाली बजारमा सुनको मूल्य आज (सोमबार) पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो ।

आइतबार भने १२ हजार ५०० रुपैयाँले घटेको थियो ।आजको मूल्य प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

आइतबार भने दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ५४० रुपैयाँ थियो ।

Logo