सुनको मूल्य घट्ने क्रम जारी

सुनको मूल्य घट्ने क्रम जारी

काठमाडौं एक्सप्रेस

काठमाडौं,। स्थानिय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । आज मंगलबार पनि सुनको मूल्य प्रतितोला १६ रुपैयाँले घटेर तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सोमबार प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य भने आज तोलामा ८० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन चार हजार ४२५ रुपैयाँमा किनबेच भएको चाँदी आज प्रतितोला चार हजार ५०५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

Logo