काठमाडौँ, । राष्ट्रियसभा उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएका छन् ।
सङ्घीय संसद् सचिवालयको कार्यतालिकाबमोजिम आज उनलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो । उनको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी हुन् ।



प्रतिक्रिया