पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल

काठमाडौं एक्सप्रेस

महेन्द्रनगर, । शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार क्रमशः हुँदै जाने बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि आज यहाँ आयोजित कार्यक्रममा उनले पहिलो वर्ष प्राथमिकताका आधारमा शिक्षा र स्वास्थ्यमा सरकारले लगानी गर्ने बताए ।

मन्त्री पोखरेलले विगतमा पहुँच कम भएका विद्यालय÷विश्वविद्यालयलाई बढी प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताए । उनले भने, “आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार गर्दै जानेछौँ । पहुँच कम भएका क्षेत्रमा लगानी र अनुदान पनि बढाइने छ ।”

देशभर शिक्षा क्षेत्रको सुधारका लागि काम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री पोखरेलले सरकारले प्राथमिकतामा राखेका विषयलाई ध्यान दिएर काम गर्न विश्वविद्यालयका पदाधिकारी र कर्मचारीहरूलाई निर्देशन दिए ।

Logo