सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (शुक्रबार) सुन तोलामा २२ सय रुपैयाँले बढेको हो ।

आजका लागि तोलाको दुई लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले बढेर चार हजार ९६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ८७५ मा किनबेच भएको थियो ।

Logo