सुन तोलामा २०० रुपैयाँले बढ्यो

सुन तोलामा २०० रुपैयाँले बढ्यो

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

आजका लागि तोलाको दुई लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघिको कारोबार दिन गत (शुक्रबार) दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर चार हजार ९७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चार हजार ९६० मा किनबेच भएको थियो ।

Logo