सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन

सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । सभामुख डोलप्रसाद ९डिपी० अर्यालले संसद् भवन निर्माणप्रति चासो व्यक्त गरेका छन् । सहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग आज छलफल गर्दै उनले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशनसमेत दिए ।

छलफलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधिसभाका उपसभामुख रूबीकुमारी ठाकुर र राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारीसमेत उपस्थिति थिए ।

विसं २०७६ असोज १८ मा संसद् भवन निर्माणका लागि तुन्डी शेख जेभीसँग रु सात अर्ब ९४ करोडमा सम्झौता भएको थियो । प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म छ पटक समय थप भइसकेको छ । पछिल्लो सम्झौताअनुसार आगामी जेठ ९ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । हालसम्म भवनको करिब ९४ प्रतिशत निर्माण सम्पन्न भइसकेको सहरी विकास मन्त्रालयले जनाएको छ । भवनको इन्टेरियर ठेक्का केसी श्यामसुन्दर बानियाँ जेभीसँग रु दुई अर्ब ३४ करोड र छाना निर्माणका लागि चेनलिङ्क इञ्जिनियरिङसँग रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता भएको छ ।

Logo