सुनचाँदीकै मूल्य घट्यो

सुनचाँदीकै मूल्य घट्यो

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

आइतबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा कारोवार भैइरहेको छ । आइतबार चाँदी ५ हजार २२५ रुपैयाँमा कारोवार भएको थियो ।

Logo