काठमाडौँ, । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले वृद्धि भएर दुई लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ।
गत हप्ताको शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै, आज चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ।
आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर चार हजार ९९५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी चार हजार ९४५ रुपैयाँमा बिक्री भएको थियो।



प्रतिक्रिया