काठमाडौँ,। नेपाली बजारमा सुनको मूल्यमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन दुई लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यसरी सुनको मूल्य एक हजार ३०० रुपैयाँ वृद्धि भएको हो। त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। आइतबार चार हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५० रुपैयाँ वृद्धि भएर पाँच हजार ४५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।



प्रतिक्रिया