गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं एक्सप्रेस

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान काठमाडौँ, २१ वैशाख : गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ नवनियुक्त सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा महानिरीकको दर्ज्यानी चिह्न प्रदान गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

गृह मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा सचिव श्रेष्ठले महानिरीक्षक पौडेललाई दज्र्यानी चिह्न लगाइदिएका हुन् ।

यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । तत्कालीन महानिरीक्षक राजु अर्यालले यही वैशाख १८ गतेदेखि अवकाश पाएका थिए ।

Logo