सुनचाँदी दुबैको मूल्य बढ्यो

सुनचाँदी दुबैको मूल्य बढ्यो

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेपाली बजारमा सुनचाँदीको मूल्यमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ४०० रुपैयाँले बढेर ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

हिजो सोमबार २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको ३५५ रुपैयाँले बढेर ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो सोमबार ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको थियो । 

Logo