काठमाडौँ, । हिजो तोलामा १८ सय रुपैयाँ बढेको सुनको भाउ आज एकसय रुपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९३ हजार ७०० रुपैयाँमा कायम भएको छ।
अघिल्लो दिन सुनको भाउ तोलाको २ लाख ९३ हजार ८०० रुपैँयामा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने बढेको छ। चाँदी तोलामा ६५ रुपैयाँ बढेर ५ हजार ११५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहिबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५० रुपैयाँ थियो।



प्रतिक्रिया