सुनचाँदीकै मूल्यमा गिरावट

सुनचाँदीकै मूल्यमा गिरावट

काठमाडौं एक्सप्रेस

काठमाडौं,। नेपाली बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो।आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै , आज चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । हिजो सोमबार चाँदी प्रतितोला पाँच हजार १५० रुपैयाँमा किनबेच भएको थियो ।

Logo