काठमाडौँ, । प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।
बैठकको सुरूआतमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट ‘रूलिङ’ गर्नुपर्ने माग दोहो¥याउँदै आफ्नो विरोध कायमै रहने बताए ।
सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई आशन ग्रहण गर्न आग्रह गर्नुभयो । यसपछि सांसद राईले बस्न नमानेर बैठक बहिष्कार गर्नुभयो । बैठकमा अहिले आकस्मिक समय सुरु भएको छ ।
सभाको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२÷८३ को आर्थिक सर्वेक्षण पेस गर्नुहुनेछ ।
राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।
संसद् सचिवालयका अनुसार बैठकमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस ग्र्नेछन् ।



प्रतिक्रिया