सुनप्रति तोला ५ हजार ५ सयले घट्यो

सुनप्रति तोला ५ हजार ५ सयले घट्यो

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज (बिहीबार) नेपाली बजारमा सुनप्रति तोला ५ हजार ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको हो ।

यसअघि बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला २१५ रुपैयाँको गिरावट आएर ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Logo