दलित पत्रकार सङ्घको अध्यक्षमा बराइली

दलित पत्रकार सङ्घको अध्यक्षमा बराइली

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा रेडियो धनकुटाका व्यवस्थापक गोपाल बराइली निर्वाचित भएका छन् ।

यहाँ मङ्गलबार सम्पन्न सङ्घको दोस्रो महाधिवेशनबाट उहाँको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा गोरखापत्रका लक्ष्मण दर्नाल, खुला उपाध्यक्षमा विनोद परियार ९रेडियो जागरण०, महिला उपाध्यक्षमा सावित्री रसाइली ९नेपाल टेलिभिजन०, कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली ९रेडियो नेपाल०, मधेस प्रदेशबाट भोला पासवान ९अवलोकृत डटकम० र बागमती प्रदेशबाट सुशील दर्नाल ९रासस० निर्वाचित भएका छन् ।

यसैगरी, नरभूपाल विक ९गण्डकी प्रदेश०, मानसिंह विक ९लुम्बिनी प्रदेश०, टेकेन्द्र रसाइली ९कर्णाली प्रदेश० र प्रेम विक ९सुदूरपश्चिम प्रदेश० र समावेशी उपाध्यक्षमा भीमबहादुर गन्धर्व निर्वाचित भएका छन् ।

महासचिवमा करन ताम्राकार, सचिवमा चिन्ता परिवार, राजेशकुमार पासवान, सुनिता नेपाली र वसन्त विश्वकर्मा र कोषाध्यक्ष सञ्जय सौगातसहित ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको छ । ४५ सदस्यीय कार्यसमितिमा १० जना पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष बराइलीले बताए ।

Logo