काठमाडौँ, । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आयुर्वेद, योग तथा ध्यानजस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
‘ब्रह्मभूमि हेल्थ रिसर्च सेन्टर’ द्वारा यहाँ आज आयोजित ‘आयुर्वेद, योग तथा ध्यानमार्फत स्वास्थ्य’ शीर्षकको गोष्ठीको उद्घाटन गर्दै उनले आयुर्वेद, योग तथा ध्यानजस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिहरूलाई आधुनिक स्वास्थ्य प्रणालीसँगको सहकार्य गर्न सुझाव दिए । उनले भने,
उपराष्ट्रपति यादवले नेपालको संविधानले नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै त्यसको मूलमर्म अनुरुप आधुनिक चिकित्सा प्रणालीसँगै आयुर्वेद, योग तथा ध्यानलाई प्रोत्साहन गर्ने सरकारी कदम सकारात्मक र दूरदर्शी भएको बताएका छन् ।
विश्वव्यापी महामारी, मानसिक तनाव, जीवनशैलीजन्य रोग तथा जलवायु परिवर्तनजस्ता चुनौतीहरूको सामना गर्न बहुपक्षीय सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले परम्परागत उपचार पद्धति र आधुनिक वैज्ञानिक अनुसन्धानबीच सहकार्यलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताए ।



प्रतिक्रिया