विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती

विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्रीको चुनौती

काठमाडौं एक्सप्रेस

अर्थमन्त्री डा वाग्ले – जवाफ काठमाडौँ, ५ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्ले प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकमा आव २०८३–०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलपश्चात् सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिनुहुँदै। तस्बिरः रत्न श्रेष्ठ÷ रासस

काठमाडौँ, । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारणमा सूचना चुहावट गरेको पुष्टि गर्न चुनौती दिएका छन् ।

सार्वजनिक लेखा समितिको आजको बैठकमा उहाँले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको बताए ।

“दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस् । म अर्थमन्त्री र राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु,” अर्थमन्त्री डा वाग्लेले भने, “यस्तो नैतिक प्रतिबद्धता अरू राजनीतिकर्मीमा पनि छ रु”

Logo