बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

काठमाडौं एक्सप्रेस

काठमाडौं, । जेठ महिनाको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो दिन (आइतबार) सुनको मूल्य १ हजार २ सयले बढेको हो ।

योसँगै शनिबार प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ मूल्यमा कारोबार भएको छ ।

Logo