काठमाडौं, । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार ४ हजार २७० रुपैयाँमा कारोवार भएको चाँदी आज १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोवार भैइरहेको छ ।



प्रतिक्रिया