सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

काठमाडौं एक्सप्रेस

प्रश्नहरूको जवाफ दिनुहुँदै गृहमन्त्री गुरुङ काठमाडौँ, २३ असारः गृहमन्त्री सुदन गुरुङ मङ्गलबार सङ्गीय संसदको सभाहल सिंहदरबारमा बसेको राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक– २०८३ अन्तर्गत गृह मन्त्रालय मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौँ, । गृहमन्त्री सुधन गुरुङले सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गर्दै आएका सुकुमवासी परिवारसँगको छलफलमा उनले सुकुमवासीरभूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको बताए ।

“तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहनसँग बुझेको छ”, गृहमन्त्री गुरुङले भने, “यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्‍यो ।” सुकुमवासीरभूमिहीन समस्यालाई समाधान गर्ने सरकारको प्रयासमा कसैले पनि राजनीति गर्न नहुने उनको भनाइ छ ।

Logo