काठमाडौँ, । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले आज सङ्घीय संसद्बाट पारित आर्थिक वर्ष २०८३र८४ को बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष २०८३र८४ का लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानुनी बाटो खुलेको छ ।



प्रतिक्रिया