तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन

तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन

काठमाडौं एक्सप्रेस

भक्तपुर, । बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालयले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ । यसबाट राज्यकोषमा रु १९ करोड ८२ लाख दाखिला भएको छ ।

उक्त अवधिमा दुई लाख ३८ हजार लाइसेन्स छापिएकामा ९० हजार सेवाग्राहीलाई प्रदान गरिएको उक्त कार्यालयका प्रमुख प्रविण श्रेष्ठले राससलाई जानकारी दिए । हाल दैनिक एक हजारदेखि एक हजार ८०० सेवाग्राहीलाई अनुमतिपत्र प्रदान हुँदै आएको छ ।

Logo