काठमाडौँ, । नेपाली सुनचाँदी बजारमा आज मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेको छ।
यससँगै आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



प्रतिक्रिया