नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा ७ दिनभित्र सुझाव दिन आग्रह

नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा ७ दिनभित्र सुझाव दिन आग्रह

काठमाडौं एक्सप्रेस

काठमाडौं,। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानून आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया अघि बढाउँदै प्रस्तावित विधेयकको मस्यौदामा सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको छ ।

सोमबार मन्त्रालयले एक सुचना जारी गर्दै सूचना प्रकाशित भएको मितिदेखि ७ दिनभित्र आफ्नो राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार विधायन ऐन, २०८१ को दफा ६ को उपदफा ९२० बमोजिम उक्त विधेयकको मस्यौदा तथा त्यसको तर्जुमा गर्नुको कारण र सम्भावित प्रभावबारे सर्वसाधारणको राय संकलन गर्न सूचना प्रकाशित गरिएको हो ।

मन्त्रालयले इच्छुक नागरिक, सरोकारवाला तथा सम्बन्धित पक्षलाई मन्त्रालयद्वारा सञ्चालित सुझाव पोर्टल बिधाभभमदबअप।mयविउब।नयख।लउ मार्फत आफ्नो राय तथा सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ । 

Logo