‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत

काठमाडौं एक्सप्रेस

अर्थमन्त्री डा वाग्ले – जवाफ काठमाडौँ, ५ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्ले प्रतिनिधिसभाको मङ्गलबार बसेको बैठकमा आव २०८३–०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलपश्चात् सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिनुहुँदै। तस्बिरः रत्न श्रेष्ठ÷ रासस

काठमाडौँ, । ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

संविधानसभा सदस्य श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

आजको बैठकले पूर्वउपप्रधानमन्त्री एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पनि पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १९ गते मङ्गलबार दिउँसो १ः०० बजे बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।

Logo