जनकपुरधाम, । सिरहाको गोलबजारमा आज गोली लागेर एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अबरुद्ध गरेर प्रदर्शन गरिरहेका सिरहाको औरही गाउँपालिकाका १५ वर्षीय गणेश यादवको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले राससलाई जानकारी दिए ।
“गोली लागेर यादवको मृत्यु भएको जानकारी प्राप्त भएको छ तर कसले चलाएको गोलीबाट मृत्यु भएको हो भने खुल्न सकेको छैन”, प्रजिअ पौडेलले भने, “यसबारे अनुसन्धान भइरहेको छ ।”
जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा आज दिउँसो २स्०० बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । घटनापछि प्रदर्शनकारीहरूले ठाउँठाउँमा प्रदर्शन जारी राखेका छन् ।



प्रतिक्रिया