काठमाडौँ, । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सुनसरीको घटनापछि उत्पन्न परिस्थितिलाई साम्य तुल्याइ सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गरेका छन् ।
पार्टी संसदीय दल कार्यालयमा सिंहदरबारमा उनले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरेको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।
उनले विश्व हिन्दू महासङ्घका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयाँलसँग पनि छलफल गरिरहेका छन् ।
सभापति लामिछानेले उनीहरुसँग सुनसरी र सिरहालगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावका लागि अपिल गर्न आग्रह गरेका हुन् ।



प्रतिक्रिया