काठमाडौ । सिन्धुपाल्चोक जिल्लाकी एक प्रख्यात र सुमधुर स्वरकी धनी गायिका कबिता राउत जसले नेपाली लोक संगीतमा आफ्नो विशिष्ट पहिचान बनाएकी छन्। कला र गलाकी धनी गायिका राउत पतन्जलि योग समिति सिन्धुपाल्चोक जिल्लाको अध्यक्ष तथा पतन्जलि योग पिठ नेपालको आजिवन सदस्य पनि हुन् ।


योग लाई सिन्धुपाल्चोक जिल्लामा भित्र्याएर योग मय बनाउदै गित संगीत मार्फत योग ध्यान लाई अघि बढाउदै अहिले सम्म योग सम्बन्धि धेरै गित गाई सकेकी छन् ।

यस वर्ष पनि चर्चित गाएक खुमन अधिकारी र कबिता राउत आवाजमा शिवजीलाई वर मागेको छु बोलको तिज गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।


चर्चित मोडेल दिपेन्द्र सोनाम र पुकार थापा आशिका कार्किको अभिनयमा उत्कृष्ट भिडियो बनाउन सफल भएका छन् । शिवजीलाई वर मागेकी छु बोलको तिज गीत कबिता युटुब च्यानलमा हेर्न सकिन्छ ।






प्रतिक्रिया