काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता र विकासका सवालमा लोकतन्त्रवादी र संविधानका पक्षधर शक्तिहरू मिल्नुपर्ने बताएका छन् ।
काठमाडौँ क्षेत्र नं। ६ स्थित नेकपा ९एमाले० तारकेश्वर नगर कमिटीद्वारा आज आयोजित कार्यक्रममा जनताको विश्वास जित्न जनप्रिय हुन कार्यकर्तालाई निर्देशन दिए । पार्टीले जनतासँगको सम्बन्ध सुधारका लागि जागरण अभियान सञ्चालन गरेकाले जनसङ्गठनलाई परिचालित गरिएको जनाए ।
“हामीले जनताको बहुदलीय जनवादको आधारमा आफ्ना नीतिप्रति जनतालाई विश्वास जिताउने र जनताको चाहनाको सापेक्षतामा प्रस्तुत हुनुपर्छ ।”, महासचिव पोखरेलले भने, “परम्परागत कम्युनिष्ट आन्दोलनको विचारधाराबाट चलेर अब हुँदैन । माक्र्सवादलाई सृजनात्मक प्रयोग गर्दै प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न नयाँ पुस्तालाई जोडेर जान सक्नुपर्छ ।” आफूहरूले विगतमा सरकार सञ्चालन गर्दा आर्थिक र सामाजिक विकासलाई महत्त्व दिए पनि युवालाई देशभित्र रोजगारी दिन नसक्दा असन्तोष बढेको आत्मसाथ गर्नुपर्ने उनको भनाइ छ ।



प्रतिक्रिया