काठमाडौँ, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खत्री खतिवडाले प्रधानमन्त्रीलाई आगामी भदौ २३ गते सहिदहरूको सम्मानमा विशेष सम्बोधन गर्न आग्रह गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा उनले सहिदका सपना र उनीहरूले सुरु गरेका कामको अवस्थाबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरिन् ।
सांसद खतिवडाले भदौ २३ गते सहिदहरूको नामै तोकेर सम्बोधन गर्नुपर्नेमा जोड दिँदै भनिन्, ‘सहिदहरूले देशका लागि पुर्याएको योगदान र उनीहरूका अधुरा काम कति पूरा भए, कति बाँकी छन्, त्यसको लेखाजोखासहित प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ ।’
त्यसैगरी, ‘जेनजीले भ्रष्टाचार न्यूनीकरणका लागि ठुलो आन्दोलन गरेका थिए, तर त्यो आन्दोलनपछि भ्रष्टाचार कति न्यूनीकरण भयो त रु’ उनले प्रश्न गरिन् ।



प्रतिक्रिया