मुख्यमन्त्रीका लागि दाबी पेस

मुख्यमन्त्रीका लागि दाबी पेस

काठमाडौं एक्सप्रेस

बागमती, । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा ९एमाले० का प्रदेशसभा सदस्य किरण थापामगरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष आज दाबी पेस गरेका छन् ।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट समर्थन गरिएको छ । एमाले संसदीय दलको बैठकले सोमबार थापामगरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

एक सय चार सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशमा नेपाली कांग्रेसको ३६ सिट, नेपाली कम्युनिस्ट पार्टीको २६, एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई सिट रहेको छ ।

Logo