काठमाडौैँ, । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले टिमुरेस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट सुरक्षित भए पनि कार्यक्षेत्र ९ड्युटी०मा खटिइएको प्रहरी टोली सम्पर्कविहीन बनेको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले भोटेकोशीमा अकस्मात ठूलो बाढी आएको र त्यसबाट टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको जानकारी दिए। “टिमुरेमा रहेको बिओपी सुरक्षित छ, तर ड्युटीमा खटिइएको टोलीसँग सम्पर्क हुनसकेको छैन”, उनले भने ।
प्रभावित क्षेत्रमा रहेका प्रहरी टोलीसँग सम्पर्क गर्ने र स्थिति बुझ्ने प्रयास भइरहेको सहप्रवक्ता थापाले जानकारी दिए ।



प्रतिक्रिया