उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढङ्गले सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सम्पन्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र, क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार, खोज तथा राहतका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

विपद्को यस क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा जुट्न उनले आग्रह गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले राससलाई जानकारी दिए ।

Logo