केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं एक्सप्रेस

नुवाकोट १४ भदौ : परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार नुवाकोटको विदुर नगरपालिका- १ स्थित ढुङ्गे बजारमा यही भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले गर्दा त्रिशूली नदीमा आएको बाढीले भएको क्षतिग्रस्त बजारको स्थलगत निरीक्षणका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै । तस्बिर : हरिराम भेटुवाल/ रासस

नुवाकोट, ।परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज विदुर नगरपालिका–१, ढुङ्गे आइपुग्नुभएका उनले रासससँग भने, “प्रारम्भिक जानकारी अनुसार केरुङमा एक हजार जना नेपाली छन् भन्ने सूचना छ, उनीहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउँछौँ ।”

सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरला नाका प्रयोगमा ल्याउन चिनियाँ पक्षसँग अनुरोध गरिसकेको उनले जानकारी दिए । मन्त्री खनालले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनियाँ र भारतीय विशेषज्ञलाई बोलाइएको स्पष्ट पारे ।

“आवश्यक परेमा अन्य मुलुकबाट पनि सहयोग लिन सकिन्छ”, उनले भने, “हामीलाई विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेका छन् । आवश्यकताअनुसार सहयोग लिन्छौँ ।”

Logo