पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध

पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं एक्सप्रेस

klx/f]n] /fhdfu{ cj?4 bdf}nL, @( ;fpg M k[YjL/fhdfu{ cGtu{t tgx’Fsf] DofUb] ufpFkflnsf–^ df}/Lahf/df ;f]daf/ laxfg v;]sf] klx/f] . klx/f]sf sf/0f pQm v08 b’O{tkmL{ cj?4 ePsf] 5 . tl:a/ M s[i0f Gof}kfg], /f;;

काठमाडौँ, । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७  कृष्णभिरस्थित त्रिशूली नदीले कटान गर्दा सडक भासिन गई मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रुपमा अवरुद्ध भएको छ । 

त्यसैगरी धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ । मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध छ । त्यसैगरी ओखलढुङ्गास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ र ७ लाई जोड्ने सडक पनि अवरुद्ध छ ।

त्यसैगरी लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँशीसहर मनाङ सडक पनि पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

Logo