कानुनमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

कानुनमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौं एक्सप्रेस

काठमाडौँ ,। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेट गर्नु भएको छ । आज मन्त्रालयमा भएको भेटमा उनीहरूबीच जलवायु परिवर्तनका कारणले अपूरणीय क्षति भइरहेको र त्यसको ठूलो जोखिम नेपालले बेहोर्नु परेको विषयमा छलफल भएको थियो ।

मन्त्री गौतमले अप्रत्याशित बाढी पछिको विकास विपद् प्रतिरोधी गर्ने विषयलाई नेपालले प्राथमिकतामा राख्ने बताए । उनले दिगो र उत्थानशील विकासका लागि मित्र राष्ट्र र दातृ निकायको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

सो अवसरमा राजदूत फेनले भोटेकोशी बाढीबाट निम्तिएको अप्रत्याशित विपद्बाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै सम्पर्क विहिन व्यक्तिहरूको खोजी कार्यकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । राजदूत फेनले आर्थिक, प्राविधिक र मानव स्रोतमार्फत विकासका कार्य र पुनः स्थापनाको लागि बेलायत सरकारले आपसी सहयोग र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Logo