सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट

काठमाडौं एक्सप्रेस

धनगढी, । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी बाढीमा परेर हराइरहेका नागरिकको खोजी तथा उद्धारका लागि प्रदेश सरकार तदारुकताका साथ लागिपरेको बताएका छन् ।

बाढीमा हराएका आफन्तको खोजीको माग गर्दै बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका पीडितपरिवारसँगको भेटमा मुख्यमन्त्री भट्टले स्थानीय नागरिकको खोजी तथा उद्धारमा कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।

मुख्यमन्त्री भट्टले हराइरहेका नागरिकको खोजीका लागि उपलब्ध सबै उपाय अवलम्बन गरिने उल्लेख गरे । हराइरहेकाको खोजी तथा उद्धारका लागि सङ्घीय सरकारसँग आवश्यक समन्वय भइरहेको उनले बताए । उनले भने, “पीडितपरिवारलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन प्रदेश सरकार तयार छ ।”

प्रदेश सरकारले बेपत्ता नागरिकको खोजी तथा आफन्तसँग समन्वयका लागि हटलाइन सेवा सञ्चालन गरेको छ । उनले पीडितपरिवारलाई एक्लो महसुस हुन नदिने बताउँदै प्रदेश सरकार सधैँ जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

Logo