सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं एक्सप्रेस

काठमाडौ, । यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका–२ मा नेपाल रेडक्रस सोसाइटीले आवश्यक खाद्य सामग्री वितरण गरेको छ । 

नेपाल रेडक्रसले हेलिकप्टर मार्फत ती अत्यावश्यक सामग्री पु¥याएर  ६० घरधुरीका स्थानीयवासीलाई वितरण गरेको हो । यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण उत्तरगया–२ हालसम्म पनि सडक सञ्जालबाट विच्छेद छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय  महासंघ ९आइएफआरसी० को सहयोगमा ती घरधुरीलाई आवश्यक खाद्य समग्री वितरण गरिएको सोेसाइटीले जनाएको छ । ती सामग्री नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशालकुमार  भण्डारी लगायत स्वयंसेवकले वितरण गरेका थिए । 

उनले भने, “भोटेकोशी नदीको बाढीबाट उत्पन्न विपद्को तत्काल प्रतिकार्यमा नेपाल रेडक्रसका स्वयंसेवक अहोरात्र तल्लीन छन् । स्वयंसेवक रसुवा, नुवाकोट तथा धादिङको बाढी अतिप्रभावित स्थानमा खोज, उद्धार तथा राहत वितरणमा सहजीकरण एवं समन्वय गरिराखेका छन् । यसक्रमा बाढी प्रभावितलाई आवश्यक सामग्री वितरणको क्रम जारी छ ।”

आजदेखि रेडक्रस आपत्कालीन क्लिनिक सञ्चालनमा

सोसाइटीले बाढीप्रभावित नुवाकोटको विदुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आजदेखि रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउँदै छ । नुवाकोट आदर्श बहुमुखी क्याक्पस  बट्टार परिसरमा सञ्चालन हुने सो क्लिनिकमार्फत ‘होल्डिङ सेन्टर’मा रहेका बाढीप्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरिने छ । 

सोसाइटीले दिएको जानकारीअनुसार यस्तो सेवामा बहिरङ्ग सेवा, मनोसामाजिक परामर्श तथा स्वास्थ्य परामर्श, चिकित्सकको सिफारिसअनुसार औषधि सेवा, समुदायमा स्वास्थ्य तथा सरसफाइ प्रवर्द्धनसम्बन्धी मोबाइल सेवा र प्रेषण ९रेफरल० रहेका छन् । 

Logo