काठमाडौं, । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै,चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ८ सय ५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।



प्रतिक्रिया