सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं एक्सप्रेस

काठमाडौं, । स्थानिय बजारमा आज शुक्रबार सुनचाँदीकै मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो बिहिबार २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ६५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Logo