अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार

अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। यसअघि बाह्रौँ महाधिवेशनदेखि नै निरन्तर महासमिति सदस्य सत्तार कांग्रेसको जारी १५औँ महाधिवेशनमा गोरखा–२ बाट महाधिवेशन प्रतिनिधि हुन् ।

कांग्रेसको दुई कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएका सत्तारले यस पटक भने मुस्लिम क्लस्टर तर्फबाट सहमहामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

सत्तार नेपाली कांग्रेसको भगिनी सङ्गठन नेपाल मुस्लिम सङ्घको संस्थापक सभापति हुन् । उनले पार्टीलाई थप सुदृढ र प्रभावकारी एवं समावेशी बनाउन तथा वर्तमान अवस्थामा युवाले चाहेजस्तो सक्षम कांग्रेस बनाउन आफूले पदाधिकारीमा उम्मेदबार दिएको बताए ।

Logo