झापा- झापा क्षेत्र नं. २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार देवराज घिमिरेले आफ्नो चुनावी अभियानलाई प्रविधिमैत्री बनाएका छन् । प्रतिनिधिसभाका निवर्तमान सभामुख समेत रहेका घिमिरेले यस पटक मतदाताका घरदैलोमा पुग्ने परम्परागत शैलीसँगै डिजिटल माध्यमलाई पनि सशक्त रूपमा प्रयोग गरिरहेका छन् । उम्मेदवार घिमिरेले आफ्नो चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) तयार पार्न स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागिता खोजेका…