विराटनगर, । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३ ÷८४ का लागि कूल रु तीन अर्ब ५६ करोड ४७ लाख बराबरको आयव्ययको बजेट आज यहाँ सार्वजनिक गरेको छ । नगरसभाको १८औँ अधिवेशनको कार्यसूचीअनुसार महानगर प्रमुख एवं नगरसभाका अध्यक्ष नागेश कोइरालाले उपप्रमुख शिल्पा निराला कार्कीलाई सो बजेट सार्वजनिक गर्न अनुमति दिनुभएको हो । सार्वजनिक भएको बजेटमा सङ्घीय सरकार…