काठमाडौं,। स्थानीय बजारमा आज बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन प्रतितोला ७२ सय रुपैयाँले बढेर दुई लाख ९९ हजार रुपैयाँमा कायम भएको छ । हिजो मंगलबार दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यस दिन तोलामा २०५…